न्युन आय भएका श्रमिकहरुका लागि तत्काल राहात घोषणा होस : नागरिक अधिकारकर्मी चरण प्रसाई

चैत्र १४, २०७६ | काठमाडौँ

The Headliners | Journalist Prakash | 27 March 2020 | 14 Chaitra 2076

विपत्तको परिस्थितीमा न्युन आय भएका श्रमिकहरु निक्कै कष्टमा परेको भन्दै मानवअधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरुले तत्काल यस बिषयमा कदम चाल्न आग्रह गरेका छन् । प्रतिकुल परिस्थितीमा हजारौ परिवार गम्भीर संकटको घडिमा रहेकाले सरकारले यसबिषयमा छिटो कदम चाल्न उनीहरुले आग्रह गरेका हुन । मानवअधिकारकर्मी तथा नागरिक समाजका अगुवा चरण प्रसाईले भोलीका दिनमा यसको समस्या विकराल बन्ने भन्दै सरकार यो बिषयमा गम्भीर बन्नुपर्ने उल्लेख गर्नुभयो । रेडियो कान्तिपुरसंग कुराकानी गर्दै प्रसाईले राज्यले यस्ता बिषयमा निर्णय गर्न ढिलाई गर्न नहुने उल्लेख गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया