नयाँ नक्सा स्थापित गराउन राजनीतिक, कुटनीतिक र रणनीतिक पहल आवश्यक छ : डा.रुद्र शर्मा

जेष्ठ ६, २०७७ | काठमाडौं

The Headliners | Journalist Tejendra | 19 May 2020 | 06 Jestha 2077

सरकारले हिजो लिम्पियाधुरालाई समेत समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको छ । मन्त्रिपरिषद्बाट जारी भएको सो नक्सा आवश्यक कानुनी प्रक्रिया पछि लागु हुनेछ । यद्यपि नयाँ नक्साबारे भारतले तत्काल प्रतिक्रिया नजनाएपनि नेपालमा भने सरकारको सो निर्णयको खुलेर स्वागत भएको छ । नयाँ नक्सा कार्यान्वयनमा नेपाल भित्र कुनै पनि समस्या नरहेपनि अन्तर्राष्ट्रिय स्तरमा यसलाई स्थापित गराउन राजनीतिक, कुटनीतिक र रणनीतिक पहल आवश्यक रहेको संघीयता मामिला जानकार डा.रुद्र शर्माको भनाई छ । द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय छलफलका लागि सरकारले तत्काल छलफल सुरु गर्न आवश्यक रहेको बताउँदै उहाँले सीमा विवाद देखिएपनि सो छलफलले समाधानका लागि बलियो आधार बनाउने तर्क गर्नुभयो । नेपालसँग पर्याप्त प्रमाण रहेकाले अन्तर्राष्ट्रिय कानुनको नजरबाट पनि नेपाल बलियो स्थितिमा रहेको डा. शर्माको भनाई छ ।

फरक प्रशंगमा डा.शर्माले स्थानीय तहमा अझै पनि अधिकारलाई लिएर अन्योल रहेकाले कोरोना भाइरस संक्रमण नियन्त्रणमा समस्या देखिएको बताउनुभयो । केन्द्र र प्रदेश सरकारको तुलनामा स्थानीय सरकारले उल्लेख्य काम गरेको बताउदै उहाँले प्रदेश सरकारले आफ्नो अधिकारको सही सदुपयोग गर्न नसक्दा समस्या देखिएको उल्लेख गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया