नेपालले आफ्नो भूमि समेटेर नक्शा बनाउँदा कसैलाई आपत्ति हुन पर्दैन : योगेश भट्टराई

जेष्ठ ७, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 20 May 2020 | 07 Jestha 2077 

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपालले आफ्नो भूमि समेटेर नक्शा जारी गर्दा कसैलाई पनि कुनै आपत्ति हुन नपर्ने स्पष्ट पार्नु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा आज कुरा गर्दै उहाँले सार्वभौम राज्यले आफ्नो देशको सीमाना तोकेर नक्शा जारी गर्नुलाई अतिरञ्जित गर्न नपर्ने उल्लेख गर्नुभयो

। चीनले लिपुलेक क्षेमा त्रिदेशीय बिन्दु निर्धारण हुन बाँकी रहेको भन्दै कुनै पनि मुलुकले एकल निर्णयका आधारमा गतिविधि बढाउन नहुने बताएपनि नेपालले आफ्नो सीमाको बारेमा अब कुटनीतिक पहलकदमी गर्ने उहाँको भनाइ थियो । यसअघि त्रिपक्षीय क्षेत्रमा भारत र चीन दुई मुलुकले मात्रै सहमति गरेर व्यापापारिक नाका खोल्ने निर्णय गर्दा नेपालले अन्तर्राष्ट्रिय स्तरमै त्यसको विरोध गरेको भन्दै मन्त्री भट्टराईले अब भूमि फिर्ता ल्याउन पनि कुटनीतिक लगायतका सबै माध्यमको प्रयोग हुने स्पष्ट पार्नुभयो

। फरक प्रसङ्गमा मन्त्री भट्टराईले कोभिड १९ ले सबैभन्दा प्रभावित नेपालको पर्यटन क्षेत्र हुने देखिएकाले यसलाई तङ्ग्राउने बजेट ल्याउनुपर्ने बताउनुभयो । सरकारी र नीजि क्षेत्र गरेर १५ खर्बको लगानी रहेको र ८ लाख हाराहारीमा रोजार सिर्जना गर्ने पर्यटन क्षेत्र धरासायी भए मुलुकको अर्थतन्त्रमा नै धक्का पुग्ने भएकाले यसमा परेको असर न्युनिकरणका लागि आगामी बजेटले सम्बोधन गर्ने उहाँको आशा छ ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया