भारतसंगको सीमा बार्तामा चीनको भूमिका पनि आवश्यक छ : झलनाथ खनाल

जेष्ठ ८, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 21 May 2020 | 8 Jestha 2077 

सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतसँंग हुने सीमा सम्बन्धी वार्तामा चीनको पनि भूमिका आवश्यक रहेको बताउनुभएको छ । भारतले सीमा अतिक्रमण गरेको सम्बन्धमा चीन पनि जानकार रहेको भन्दै आगामी वार्तामा उसको भूमिका महत्वपूर्ण हुने खनालको भनाई छ ।

रेडियो कान्तिपुरसँंग बिहीबार बिहान कुरा गर्दै नेता खनालले सीमा समस्या समाधानका लागि त्रिपक्षीय वार्ता हुनुपर्ने बताउनुभयो । भारतले मिचेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेर सरकारले नयाँ नक्सा जारी हुनु ऐतिहासिक कदम भएकाले अब वार्ता र अन्य विकल्प माफर्त आफ्नो जमिन फिर्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।

मिचिएको नेपाली भूमि फिर्ता गर्ने सरकारले कुनै कसर बाँकी राख्न नहुने खनालको भनाई छ । भारतसँग वार्ताबाट समस्या समाधान हुन नसके अन्तर्राष्ट्रिस्तरमा आफ्नो मुद्दा लैजानुपर्ने उहाँले बताउनुभयो । 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया