भारतसंग वार्तामा बस्ने व्यक्ति वास्तविक नेपाली हुनुपर्छ : डा. जनार्दन आचार्य

जेष्ठ ९, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 22 May 2020 | 9 Jestha 2077

भारतसंगको सीमा विवाद समाधानका लागि अहिले नै उपयुक्त समय भएको परराष्ट्रविदहरुले बताएका छन् । नेपालले आधिकारीक रुपमा आफ्नो भुभाग समेटेर नक्सा साबर्जनिक गरेपनि तत्काल वार्ता थाल्न उनीहरुको सुझाव छ । रेडियो कान्तिपुरसंग कुराकानी गर्दै परराष्ट्रविद प्राध्यापक डा जनार्दन आचार्यले वार्तामा वस्ने नेपाली टोलीमा राष्ट्रियता प्रधान हुनुपर्ने बताउनुभयो । भारतसंग वार्तामा जाने टोलीले नै आफ्नो भुभाग फिर्ता गर्नसक्ने भन्दै उहाँले त्यसमा सबैको खबरदारी आवश्यक रहेको उल्लेख गर्नुभयो । भारतले बिभिन्न प्रलोभन देखाएर नेपाली टोलीलाई समस्यामा पार्ने विगतबाट पाठ सिकेर अघि बढ्नुपर्ने उहाँको तर्क थियो ।


रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया