सीमा व्यवस्थापन चुनौतीपूर्ण : प्रदेश ५ का मन्त्री सुदर्शन बराल

जेष्ठ १२, २०७७ | काठमाडौं

The Headliners | Journalist Tejendra | 25 May 2020 | 12 Jestha 2077

कोभिड १९ संक्रमणको दर उच्च रहेको प्रदेश ५ सरकारले भारतबाट नेपाल प्रवेश गर्नेहरुका कारण संक्रमितहरुको संख्या बढेको दाबी गरेको छ । पश्चिम नवलपरासीदेखि बर्दियासम्मको ४ सय ८ किलोमिटर लामो सीमा क्षेत्रका अधिकांश नाकाबाट सुरक्षाकर्मीको आँखा छलेर नेपाल प्रवेश गर्ने र गाउँलेले समेत उनीहरुबारे जानकारी लुकाएकाले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम चुनौतीपूर्ण रहेको प्रदेश सरकारको भनाई छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सीमा व्यवस्थापनमा प्रदेश सरकार चुकेको स्वीकार गर्दै ब्यवस्थापनका लागि संघीय सरकारसँग सहयोग मागेको जानकारी दिनुभयो । अन्य प्रदेशका नागरिक समेत प्रदेश ५ को बाटो भएर भारतबाट नेपाल प्रवेश गर्ने गरेको बताउँदै मन्त्री बरालले सीमा क्षेत्रमा संक्रमित हुनेहरुको संख्या बढी भएको उल्लेख गर्नुभयो । संक्रमणको दर बढ्दै गएकाले आगामी दिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको अभाव हुन सक्ने भएपनि अहिले भने स्वास्थ्य सामाग्रीको कुनै अभाव नभएको दाबी गर्नुभयो ।

क्वारेन्टिनको स्तरोन्नतीका लागि आवश्यक पहल सूरु भएको उहाँको भनाई थियो । केही स्थानीय तहका प्रतिनिधिबीच समन्वयको अभाव देखिएकाले समस्या निम्त्याएको बताउदै उहाँले प्रदेशका १२ वटै जिल्लामा आवश्यक समन्वयका लागि पहल भइरहेको जानकारी दिनुभयो । 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया