घर फर्किएका ७ लाख भारतीय मजदुरको स्थान नेपाली श्रमिकले लिनुपर्छ : रामेश्वर खनाल

जेष्ठ १५, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 28 may 2020 | 15 Jestha 2077

सरकारले आज ल्याउने आगामी आर्थिक बर्षको वजेटमा स्वास्थ्य र कृर्षिलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने जानकारहरुले सुझाव दिएका छन् । अहिलेको परिस्थितीमा माहामारी नियन्त्रणका लागि स्वास्थ्य र जिविकोपार्जनका लागि कृर्षिलाई बिशेष जोड दिनुपर्ने पुर्व अर्थसचिव रामेश्वर खनालले बताउनुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै उहाँले माहामारीका कारण बेरोजगारीको दर बढ्ने भएपनि त्यसलाई समायोजन गर्न सकिने ठाँउ रहेको उल्लेख गर्नुभयो । माहामारीका कारण घर फर्किएका ७ लाख भारतीय मजदुरको स्थान नेपाली कामदारले लिन सक्ने भएकाले त्यसमा बढि चिन्ता लिन आवश्यक नरहेको उहाँको भनाई थियो । 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया