आगामी वर्ष ७ लाख युवालाई प्रत्यक्ष रोजगारी दिइन्छ : अर्थमन्त्री खतिवडा

जेष्ठ १७, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 30 May 2020 | 17 Jestha 2077

अर्थमन्त्री डा युवराज खतिवडाले करिव ७ लाख युवालाई आगामी वर्ष प्रत्यक्ष रोजगार सृजना गर्ने गरि सरकारले प्रभावकारी कदम चाल्ने बताउनुभएको छ । उद्यम गर्न चाहने युवालाई सहुलियत दरमा ऋण, भूमि वैंक माफर्त बाँझो जमिनको उपयोग, परम्परागत सीपको आधुनिकीकरण जस्ता बजेटमा उल्लेखित विषयलाई व्यवहारमै कार्यन्वयन गरिने अर्थमन्त्री खतिवडाको भनाई छ । रेडियो कान्तिपुरसंग विहान अर्थमन्त्री खतिवडाले भन्नुभयो, विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेशमा ल्याएर कृषि, उद्योग लगायत उत्पादनमुलक क्षेत्रमा लगाउन सवै खाले प्रयत्न गरिनेछ ।

कोभिड १९ ले शिथिल अर्थतन्त्रलाई आगामी बजेटको पुर्ण कार्यन्वयन मार्फत उकासिने मन्त्री खतिवडाले दावी गर्नुभयो । सार्वजनिक खर्च कटौटी मार्फत सरकारले आर्थिक मितव्यायिताको थालनी गरेको उहाँको भनाई छ । 

सांसद मातहत खर्च हुने स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत अघिल्ला वर्षका कार्यक्रमलाई समेत निरन्तरता दिनुपर्ने भएकाले बजेटमा समावेश गरिएको खतिवडाको भनाई छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई समेत प्रभावकारी ढंगले कार्यन्वयन गरिने अर्थमन्त्री खतिवडाले दावी गर्नुभयो । अर्को प्रसंगमा मन्त्री खतिवडाले १४ खर्व ७४ अर्व रुपैयाको बजेट कार्यन्वयनका लागि श्रोतको अभाव नभएको बताउनुभयो । 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया