सुरक्षित मातृत्वमा नेपालले हासिल गरेको उपलब्धि गुम्ने खतरा बढ्यो : डा. आरजु राणा देउवा

जेष्ठ १९, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 1 June 2020 | 19 Jestha 2077

कोभिड १९ ले गर्दा लम्बिएको लकडाउनका कारण नेपालले एकदशक अघि सुरक्षित मातृत्वका क्षेत्रमा हासिल गरेको उपलब्धि गुम्ने खतरा बढेको यस क्षेत्रका विज्ञले बताएका छन् । सुरक्षित मातृत्वको क्षेत्रमा लामो समयदेखि क्रियाशील डा. आरजु राणा देउवाले कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित हुँदा गर्भवती, सुत्केरी र नाबालकको ज्यान जोगाउनेतर्फ कसैले ध्यान नपुर्‍याएको बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै उहाँले कोरोना अस्पतालजस्तै महामारीका बीच प्रसुति सेवा चुस्त राख्न छुट्टै अस्पतालको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कंग्रेसकी नेतृ समेत रहेकी देउवाले लम्बिदों लकडाउनले मातृ मृत्युदर बढाएको र यसले कालान्तरमा समाजमा ठूलै असर गर्ने सङ्केत गर्नुभयो । लकडाउनले गर्दा अस्पतालसम् मगर्भवती र सुत्केरीको पहूँच नहुँदा ५६ जनाभन्दा बढीले ज्यान गुमाइसकेको भन्दै उहाँले आत्महत्यासँगै अन्य नसर्ने रोगबाट पनि नागरिकहरुले अकालमा ज्यान गुमाउने अवस्था सिर्जना भएको भन्दै गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो । 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया