सरकारलाई काउन्टर दिनका लागि संविधान संशोधन प्रस्ताव ल्याएका हैनौं : अनिलकुमार झा

जेष्ठ २२, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 4 June 2020 | 22 Jestha 2077

राष्ट्रिय जनता पार्टीका नेता अनिलकुमार झाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको काउन्टर दिन आफूहरुले अर्को प्रस्ताव नल्याएको बताउनु भएको छ । संविधान निर्माण गर्ने बेलादेखिनै आफ्ना मुद्दाहरु ओझेलमा पार्ने प्रयास भएको र त्यसैलाई पूरा गराउन मात्रै अहिले नयाँ प्रस्ताव ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । नागरिकता, प्रदेश सीमाङ्कन हेरफेर र राष्ट्रियसभाका मतदाता सम्बन्धी आफ्नो प्रस्तावमा सरकारले दिने प्रतिक्रियाका आधारमा संसदमा दर्ता भएको प्रस्तावको पक्ष वा विपक्षमा उभिने निर्णय राजपाले लिने उहाँको भनाइ थियो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै उहाँले संविधान जारी गर्ने बेलामै विमति रहेका विषयहरुमा त्यसपछि बनेका सरकारले कहिल्यै सम्बोधन गर्न नचाहेकाले समस्या ज्यूँका त्यूँ रहेको उल्लेख गर्नुभयो । प्रदेश सीमाङ्कनको विषयमा पनि राष्ट्रिय सहमति नरहेकाले त्यसलाई वैज्ञानिक र व्यवहारिक रुपमा हल गर्नुपर्ने आफूहरुको माग गरेको नेता झाले बताउनुभयो ।

अतिक्रमित भूभाग फिर्ता ल्याउने भन्ने सरकारी कदमबारे राजपा अध्यक्ष मण्डलका सदस्य झाले २ मुलुकबीच सम्वादमा जोड दिनुभयो । अहिले फिर्ता ल्याउन खोजिएको भन्दा धेरै जमिन नेपालले कुनै समय भोगचलन गरिसकेको भन्दै त्यातिर पनि ध्यान पुर्‍याउन उहाँले आग्रह गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया