श्रमिकको हकहितका लागि नीति बन्यो, कार्यान्वयन गरिदिने निकाय भएन : प्रेमलकुमार खनाल

असार १०, २०७७

The Headliners | Journalist Tejendra | 24 June 2020 | 10 Asar 2077


कोभिड १९ महामारीका कारण विश्वमा झण्डै ३ अर्ब श्रमिक प्रत्यक्ष प्रभावित भइरहेको अवस्थामा श्रम र श्रमिकका जानकारहरुले एक खर्ब बराबरको राहत तथा रोजगारमुलक कोष स्थापना गर्न सरकारलाई सुझाएका छन् । विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालका संयोजक समेत रहेका नेकपा केन्द्रीय सदस्य प्रेमलकुमार खनालले कोरोना महामारीका कारण संकटमा रहेको श्रम क्षेत्र तत्काल ब्युँत्याउन सरकारबाट ठोस योजना ल्याउन जरुरी रहेको बताउनुभयो । भारतसहितका मुलुकबाट नेपाल आएका युवाहरुलाई स्वदेशमै रोजगारी दिन सके नेपालको अर्थतन्त्रमा समेत ठूलो योगदान पुर्‍याउन सकिने नेता खनालको तर्क थियो । सरकारले श्रमिकको हकहितका लागि पर्याप्त नीति नियम बनाएपनि कार्यान्वयन पक्ष फितलो बन्दा उनीहरुको जीवनस्तर उकास्न नसकिएको बताउँदै उहाँले श्रमिकहरुको यकिन तथ्याङ्क र अवस्थाबारे जानकारी लिन तीनै वटा सरकारलाई परिचालन गर्न सुझाउनु भयो । महामारीका कारण राज्यका हरेक क्षेत्र संकटमा परेपनि युवाहरुको स्वदेश फिर्तीलाई भने अवसरका रुपमा लिनु पर्ने नेता खनालको धारणा थियो ।


प्रतिक्रिया