थप साबधानी नअपनाए नेपालमा कोरोनाले भयावह रुप लिन्छ : डा. लोचन कार्की

असार १३, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 27 June 2020 | 13 Asar 2077

नेपालमा पछिल्ला दिनहरुमा उकालो लागेको कोरोना सक्रमणको अवस्था आगामी दिनमा थप भयावह हुने विज्ञहरुले चेतावनी दिएका छन् । रेडियो कान्तिपुरसंग आज बिहान कुरा गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले सरकारसंगै सबै सरोकारवालाले तत्काल ध्यान दिन नसके विकराल अवस्था भोग्नुपर्ने दाबी गर्नुभयो । सक्रमणको दर बढ्नुमा कमजोर स्वास्थ्य संरचना मात्र कारक नभई सबै क्ष्ँेत्रको गैरजिम्मेबारीपन पनि भएको उहाँको भनाई थियो ।

सक्रमणको अवस्थालाई कहि कसैले हलुका रुपले सोच्न नहुने बताउदै अध्यक्ष कार्कीले सबैले अनुशासित भएर संकटको सामना गर्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।


प्रतिक्रिया