दुबै अध्यक्षले एक अर्काको समस्या बुझ्न जरुरी छ : योगेश भट्टराई

असार १९, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 3 July 2020 | 19 Asar 2077

नेकपा भित्रदेखीएको विवाद समाधानका लागि पार्टी नेतृत्वले संयमता नगुमाउने स्थायी कमिटि सदस्यसमेत रहेका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बताउनुभएको छ । पार्टी र सरकार सञ्चालनका क्रममा केहि गल्ती भएको स्विकार्दै मन्त्री भट्टराईले त्यसलाई सुधार गरेर अघि बढ्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो । पार्टीका दुबै अध्यक्ष यतिबेला कठिन परिस्थितीको सामना गरिरहेकाले एकअर्काको पिडा बुझ्न जरुरी भएको भट्टराईको भनाई थियो ।

जनतासंग गरेका प्रतिबद्धता पुरा गराउनपनि पार्टी एकभएर अघि बढ्नुको विकल्प नभएको उहाँको भनाई थियो । सीमा विवाद समस्याको प्रक्रिया अघि बढिरहेका बेला सत्तारुढ दलभित्रै भएको अन्तरबिरोधले अन्तराष्ट्रिय रुपमा पनि गलत सन्देश दिएको भट्टराईको भनाई थियो ।

फरक प्रसंगमा मन्त्री भट्टराईले गुटभित्रको राजनितिभन्दा माथी उठेर सहि र गलत छुट्याएर मात्र आफुले सरकारको पक्षमा आवाज उठाएको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया