नेकपा 'पार्टी' बन्नै सकेन : डा.खगेन्द्र प्रसाईं

असार २२, २०७७ | काठमाडौं

The Headliners | Journalist Tejendra | 6 July 2020 | 22 Asar 2077

मुलुककै ठूलो दल नेकपामा शक्ति संघर्ष चुलिएको छ । शीर्ष नेताहरुबीच सुरु शक्ति हत्याउने खेलले राष्ट्रिय राजनीति मात्र तताएको छैन मुलुकका सवै जसो काम प्रभावित बनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमसहितका अधिकांश सचिवालय सदस्य अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनु पर्ने अडानमा छन् । जुन प्रधानमन्त्रीलाई कदामी मान्य छैन ।

राजनीतिक विश्लेषक डा.खगेन्द्र प्रसाईले लोकतान्त्रिक विधि र पद्धतिको अभावमा नेकपा पार्टी बन्नै नसकेको दाबी गर्नुभयो । सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिका बैठकहरु फाट्टफुट्ट मात्र बोलाउनु्ले नेकपामा विधिको शासन हराएको प्रष्ट हुने उहाँको भनाई थियो । दुई अध्यक्षबीचमा देखिएको असहमति शक्ति बाँडफाँडपछि तत्कालका लागि अन्त्य हुने देखिएपनि विवाद फेरि ब्युँतने दाबी गर्दै डा.प्रसाईंले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मात्र समस्याको समाधान नभएको तर्क गर्नुभयो । शीर्ष नेताहरु आफैं स्वार्थी बनिदिदा पार्टी एकीकरणले समेत पूर्णता नपाएको बताउँदै उहाँले लोकतान्त्रिक पद्धति स्थापित गराउन नेतृत्वलाई सुझाउनुभयो ।


प्रतिक्रिया