भारतीय मिडियाले गरेको अनर्गल प्रचारको खण्डन गरिरहन पर्छ : राजेन्द्र दाहाल

असार २६, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 10 July 2020 | 26 Asar 2077

भारतीय टेलिभिजन च्यानलले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गरेको अनर्गल प्रचारको उच्च तहबाटै खण्डन गरिनुपर्नेमा वरिष्ठ पत्रकार राजेन्द्र दाहालले जोड दिनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै उहाँले भारतीय जनताको खपतका लागि नियोजित रुपमा नेपालविरुद्ध भ्रामक सूचनाहरु सम्प्रेषण गर्ने टेलिभिजन च्यानललाई अन्तर्राष्ट्रिय स्तरमा नङ्गाउनका लागि खण्डन जरुरी रहेको बताउनुभयो ।

नेपालका केवल टिभी सञ्चालक र अपरेटरहरुले स्वस्फुर्त रुपमा त्यस्ता च्यानलहरु प्रसारण बन्द गर्नु एउटा पाटो भएपनि दीर्घकालीन समस्या समाधानमा राज्य लाग्नु पर्ने उहाँको भनाइ थियो । नेपाल र भारतबी पछिल्लो समय सीमा विवादपछि कायम रहेको सम्वादहिनताको अवस्थालाई भड्काउन भारतीय सञ्चार माध्यमहरु लागि परेको भन्दै उहाँले राजनीतिक तहबाटै समस्या समाधानको पहलमा जोड दिनुभयो ।

नेपाली दर्शकले पनि कुन टेलिभिजन च्यानलले सत्य तथ्य समाचार र सूचना प्रसारण गर्छ भन्ने जानकारी पाइसकेकाले त्यस्ता च्यानलमात्रै हेर्ने बानी बसाल्नु पनि अर्को उपाय हुनसक्ने दाहालको भनाइ थियो ।


प्रतिक्रिया