मानसिक समस्या समाधानका लागि व्यक्तिगत नियन्त्रण आवश्यक छ : डा सरोज ओझा

असार ३०, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 14 July 2020 | 30 Asar 2077

नेपालमा बढ्दो क्रममा रहेको मानसिक समस्या समाधानका लागि व्यक्तिगत नियन्त्रण आवश्यक रहेको शिक्षण अस्पातालका मानसिक स्वास्थ्य विभाग प्रमुख डा.सरोज ओझाले बताउनुभएको छ । यो समस्याले व्यक्तिगत र सामाजिक रुपमा समेत प्रभाव पार्ने भएकाले सकारात्मक सोचका साथ अघि बढ्नुको विकल्प नभएको उहाँले उल्लेख गर्नुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै डा.ओझाले विश्वका अन्य मुलुक जस्तै नेपालमा पनि मानसिक रोगको समस्या दिनप्रतिदिन उकालो लाग्ने क्रममा रहेको जानकारी दिनुभयो । हाम्रँे सामाजिक स्वास्थ्यको अवस्थाले पनि यसलाई बढावा दिएको भन्दै डा ओझाले यसको नियन्त्रणका लागि संस्थागत र सरकारी पहल पनि आवश्यक रहेको उल्लेख गर्नुभयो । मुलुकको भविश्य समेत रहेका युवा वर्गमा देखीएको बढ्दो समस्याका कारण समग्र मुलुकको विकास र प्रगतीमा बाधा उत्पन्न गराउने भएकाले नियन्त्रणमा सरकारी पहल आवश्यक रहेको उहाँको सुझाव थियो ।


प्रतिक्रिया