सभापति देउवाको गलत कार्यशैलीको परिणाम १४ औं महाधिवेशनबाट आउँछ : डा शेखर कोईराला

श्रावण १४, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 29 July 2020 | 14 Shrawan 2077

नेपाली कंग्रेसका नेता डा शेखर कोईरालाले पार्टी सभापति शेर बहादुर देउवाको एकलौटी र गलत कार्यशैलीको परिणाम १४ औ महाधिवेशनबाट आउने बताउनुभएको छ । महाधिवेशन नजिकिदैँ गर्दा नेतृत्वले आफु अनुकुल हुनेगरि विभागहरुलाई पुर्णता दिने तथा पार्टीमा लामो समय योगदान पुर्‍याएकालाई कारवाही र स्वार्थ अनुकुल अन्य पार्टीबाट भित्र्याउने काम भईरहेको नेता कोईरालाले आरोप लगाउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले पार्टीको पदाधिकारी र केन्द्रीय समितिलाई सभापति देउवाले एकल निर्णयबाट चलाईरहेको टिप्पर्ण गर्नुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो स्वार्थ अनुकलका निर्णय सभापति देउवाले गर्नुभएको छ । पार्टीमा भित्र्याएका कतिपय केन्द्रीय सदस्यलाई म आफै चिन्दिन ।’

राप्रपाबाट आएका सुनिल थापालाई केन्द्रीय समितिमा ल्याएपनि सह महामन्त्री पद दिने विषयमा आफ्नो असहमति रहेको कोईरालाले बताउनुभयो । भ्रातृ र सुभेच्छुक संस्था सवैतिर वेतिथि र अस्तव्यस्तथा कायम रहेका बेला सभापति देउवाको एकलौटी शैली र निर्णयले पार्टीलाई गम्भिर संकटतर्फ धेकेलेको कोईरालाले बताउनुभयो । पार्टीमा सामुहिक निर्णय र पद्धतिको विकास गर्न र समग्र पार्टी सुधारका लागि १४ औं महाधिवेशनबाट नयाँ पुस्ता आउनुपर्ने उहाँको भनाई छ ।


प्रतिक्रिया