शीर्ष तहमा कार्यबिभाजन नहुदा समस्या देखियो : दिनानाथ शर्मा

श्रावण १७, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 1 August 2020 | 17 Shrawan 2077

नेकपाभित्र पछिल्लो समय देखिएको विवाद स्वार्थ र सत्ताका लागि नभई एकताका क्रममा कार्यविभाजनमा देखिएको समस्या भएको नेता दिनानाथ शर्माले बताउनुभएको छ । पार्टी एकताका क्रममा नेताहरुको व्यवस्थापन हुन नसक्दा अहिलेको अवस्था देखिएको भन्दै नेता शर्माले त्यसलाई सत्ता र शक्तिसंग जोड्न नहुने उल्लेख गर्नुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै उहाँले संम्बादबाटै समस्याको हल खोज्न शीर्ष नेतालाई सुझाउनुभयो । आन्तरिक विवाद समाधानका लागि सचिवालय र स्थायी कमिटिले प्रयास गरेपनि सफल हुने नसक्नु दुखद भएको भन्दै उहाँले केन्द्रिय कमिटिमा पनि यस्तै अवस्था आए पार्टी गम्भीर संकटमा फस्ने शर्माको भनाई थियो ।


प्रतिक्रिया