बेसार पानीले पनि संक्रमण घटेन प्रधानमन्त्री ज्यू अव के गर्ने : उपेन्द्र यादव

श्रावण ३०, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 14 August 2020 | 30 Shrawan 2077

जनता समाजबादी पार्टीका अध्यक्ष एवं पूर्वस्वास्थ्यमन्त्री उपेन्द्र यादवले कोरोना संक्रमणको जोखिम व्यवस्थापन गर्न सरकार पुर्ण असफल भएको बताउनुभएको छ । बेसार पानीले कोरोना निको हुन्छ भनेर प्रधानमन्त्री केपी ओलीले जनतामा भ्रम फैल्याउने काम मात्रै गरेको यादवले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनसमा विहान यादवले प्रश्न गर्नुभयो, बेसार पानीले पनि कोरोना संक्रमण घटेन, झन बढ्दै गएको छ, प्रधानमन्त्री ज्यू अव के गर्ने ? कोभिड १९ को प्रभावकारी व्यवस्थापन गर्न नसक्ने उल्टो जनतामा नकारात्मक भ्रम छर्ने काम कार्यकारी प्रमुखबाट आउँदा समस्या भएको यादवले आरोप लगाउनुभयो । स्वास्थ्य शिक्षा जस्ता क्षेत्रमा बजेटको प्राथमिकता नपर्दा पनि अहिलेको समस्या उत्पन्न भएको यादवको भनाई छ । कोभिड १९ को साझा समस्या हल गर्न सवैदलबाट विज्ञ सहितको उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम बनाउन आफुहरुले सुझाव दिएपनि सरकारले कार्यन्वयन नगरेको यादवले बताउनुभयो ।


प्रतिक्रिया