कोरोना संक्रमणदर जोखिमको अवस्थामा छैन, सचेत हुन भने आवश्यक छ : डा तिवारी

आश्विन १, २०७७

The Headliners | Journalist Anil | 17 September 2020 | 1 Ashwin 2077

जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीले कोरोना संक्रमण दर जोखिमको अवस्थामा पुगि नसकेको बताउनुभएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार संक्रमण दर २ देखि १२ प्रतिशतको हाराहारीमा रहनुपर्ने भएकाले नेपालमा औषत ६ दशमलव ६८ प्रतिशत रहेको डा तिवारीको तर्क छ । यद्यपी प्रदेश दुईमा केहीसमय पहिले संक्रमणदर ३१ प्रतिशतको हाराहारीमा पुग्दा भने अवस्था भयावह बनेको उहाँको भनाई छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै डा तिवारीले पछिल्लो समय संक्रमण दर काठमाडौ उपत्यकामा वढी देखिएको बताउनुभयो ।

कोरोना संक्रमणबाट बच्न सर्वसाधरणको सचेतना नै सवैभन्दा महत्वपुर्ण भएको उहाँको भनाई छ । व्यक्ति सचेत भएर सावुन पानीले नियमित हात धुने, माक्सको प्रयोग गर्ने, सामाजिक, भौतिक दुरी काम गर्ने हो भने कोरोनाबाट आत्तिनु नपर्ने डा तिवारीको भनाई छ ।


प्रतिक्रिया