संविधान संशोधनभन्दा पनि यसको कार्यान्वयन प्रमुख प्रश्न हो : पुरुषोत्तम दाहाल

आश्विन ५, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 21 September 2020 | 5 Ashwin 2077

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले संविधान संशोधनभन्दा पनि यसको कार्यान्वनको पक्ष महत्वपूर्ण रहेको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा आज कुरा गर्दै उहाँले संविधानमा लेखिएका कुराहरुको पालना नगर्ने परिपाटीको अन्त्यमा जोड दिनुभयो । संविधान निर्माण गर्ने शक्तिहरुले नै यसको कार्यान्वयनमा तदारुकता नदेखाएको उहाँको आरोप थियो । संविधानका धारालाई आपूm र आपूm निकटकाको अनुकूलतामा प्रयोग गर्ने सोच राज्य सत्तामा हुनु नै दुखद रहेको टिप्प्णी दाहालले गर्नुभयो ।

समानुपातिक र समावेशी प्रतिनिधित्व, संघीयता कार्यान्वयन, आयोगहरुको गठन र त्यसको पूर्णतामा सरकारको उदाशिनताले संविधान कार्यान्वयनमा चुनौती थपेको उहाँले बताउनुभयो । प्रदेश सरकारलाई आवश्यक पर्ने ऐन कानूनहरु निर्माण नहुँदा उसले प्रवाह गर्ने सेवा समेत प्रभावित भएको दाहालले उल्लेख गर्नुभयो । जसले गर्दा प्रदेश र स्थानीय सरकार कर उठाउनका लागि मात्रै स्थापना भएका हुन् कि भन्ने भान जनतामा पर्न गएको उहाँको कथन थियो ।


प्रतिक्रिया