भ्रममा नपरौ रेलको सम्पुर्ण लगानी नेपालकै हो : महानिर्देशक मिश्र

आश्विन ६, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 22 September 2020 | 6 Ashwin 2077

रेल विभागले जनकपुर जयनगर रुटमा सञ्चालन गर्ने रेलको सम्पुर्ण लगानी नेपालकै भएको स्पष्ट पारेको छ । बजारमा आएका अनेकौ हल्ला आधारहिन रहेको बताउदै विभागले भ्रममा नपर्ने सम्पुर्णमा आग्रह गरेको छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै विभागका महानिर्देशक बलराम मिश्रले नेपालकै लगानीमा पुर्बाधार र रेल खरिद भएको स्पष्ट पार्नुभयो । पुर्बाधार निर्माण र रेल खरिदका लागि सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरी भारतीय दुतावासले नै उपलब्ध गराएको मुल्य सुचीका आधारमा रेल खरिद गरिएको मिश्रको भनाई थियो ।

तत्काल भारतबाटै प्राबिधिक कर्मचारी ल्याएर रेल सञ्चालनको तयारी थालिएको भन्दै उहाँले नेपाली प्राबिधिकलाई पनि संगसंगै तालिम सञ्चालन गर्ने गरी विभागले प्रक्रिया अघि बढाएको उल्लेख गर्नुभयो ।

पुर्बपश्चिम रेलमार्गको रद्द गरिएको ठेक्का प्रक्रियाले विभागको योजनामा कुनै असर नपार्ने बताउदै उहाँले जग्गाको मुआब्जा विवाद समाधानका लागि पहल भईरहेको उल्लेख गर्नुभयो । दशै र तिहारपछि हाल देखिएका विवाद समाधानको दिशामा अघि बढ्ने मिश्रको दाबी थियो ।


प्रतिक्रिया