ओलीलाई बोकेर हिड्नु नै कमजोरी भयो : झलनाथ खनाल

पुस २९, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 13 January 2021 | 29 Poush 2077

नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीलाई बोकेर हिड्नु नै आफुहरुको सबैभन्दा ठुलो कमजोरी भएको बताउनुभएको छ । कम्युनिष्ट आचरणसमेत नभएका ब्यक्तिलाई सर्बोच्च पदमा पुर्याएकै कारण पार्टी यो अवस्थामा पुगेको खनालको भनाई थियो । रेडियो कान्पिुरसंग आज बिहान कुराकानी गर्दै पुर्बप्रधानमन्त्री समेत रहेका खनालले त्यसको दोष आफुहरुमा पनि आउने स्पष्ट पार्नुभयो । ओलीको स्वेच्छाचारिता र स्वार्थका कारण पार्टी नै बदनाम भएको आरोप लगाउदै आन्तरिक ब्यवस्थापन गर्न नसक्दा सार्बभौम प्रतिनिधि सभा बिघठन गरी असली रुप प्रर्दशन गरेको उल्लेख गर्नुभयो । आफ्ना कदमलाई ढाकछोप गर्न ओलीले निर्वाचनको नाटक गरेको जिकिर गर्दै नेता खनालले त्यसको औचित्य र आधार नभएको स्पष्ट पार्नुभयो ।


प्रतिक्रिया