संघीयता, धर्मनिरपेक्षता जस्ता उपलव्धी प्रधानमन्त्रीले सिध्याउँदैछन : कृष्णभक्त पोखरेल

फाल्गुन ८, २०७७

The Headliners | Journalist Anil | 20 February 2021 | 08 Falgun 2077

नेकपाको दाहाल नेपाल समूहका नेता कृष्णभक्त पोखरेलले प्रधानमन्त्री केपी ओली संघीयता, धर्मनिरपेक्षता जस्ता उपलव्धी सिध्याउने खेलमा लागेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओली, मन्त्रीहरु र मुख्यमन्त्रीहरुको अभिव्यक्तीका कारण जनताको बलिदानीबाट प्राप्त उपलव्धीहरु खेर जाने संकेत देखिएको पोखरेलले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान पोखरेलले प्रश्न गर्नुभयो, खेल हारेपनि मैदान मास्दिन भन्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन किन गर्नुभयो । प्रदेश १ का मुख्यमन्त्रीले प्रदेश सरकार खारेज हुन्छ भनेर कसरी भन्नुभयो ? सरकारको शैलीले संघीयतालाई निकै जोखिममा धकेलेको उहाँको भनाई छ ।

प्रतिगमन विरुद्धको आन्दोलनलाई साथ दिन पनि नेता पोखरेलले जनतालाई आव्हान गर्नुभयो ।


प्रतिक्रिया