पार्टीमा संक्रमणकाल अझै नसिकएकाले केही विवाद हुनु स्वभाविक हो :रवीन्द्र अधिकारी

फाल्गुन ११, २०७७

The Headliners | Journalist Pawan | 23 February 2021 | 11 Falgun 2077


नेकपा पुष्पकमल दाहाल र माधव नेपाल समूहका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले संक्रमणकाल अझै नसकिएकाले पार्टीको संगठन विस्तारमा केही विवाद देखिएको बताउनु भएको छ । ६८ जिल्लामा दाहाल र नेपालले ५०–५० प्रतिशत भागबण्डा गरेर संगठन विस्तार गरेपनि त्यसमा विवाद आएपछि केहीले पद अस्वीकार समेत गरेका छन् । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइननर्समा आज कुरा गर्दै नेता अधिकारीले संगठनको काम भर्खर शुरु भएकाले अहिले नै विवादमा तान्न नहुने तर्क गर्नुभयो ।

पार्टी आन्दोलनको मोर्चामा रहेकाले त्यसलाई बढावा दिन पनि संगठन विस्तार गरिएको उहाँले बताउनुभयो । बाहिर चर्चा गरिएजस्तो प्रतिनिधिसभा बिघटनको निर्णय सदर हुने र चुनावमा जानका लागि नेकपाले आफ्नो संउगठन विस्तार नगरेको अधिकारीले बताउनुभयो । सम्मानित सर्वोच्च अदालतले आफूहरुकै पक्षमा फैसला गर्ने उहाँको विश्वास थियो ।


प्रतिक्रिया