सर्बोच्चको निर्णय कसैको हार जित होईन, कानुनको रक्षा हो : डा भिमार्जुन आचार्य

फाल्गुन १२, २०७७

The Headliners | Journalist Prakash | 24 February 2021 | 12 Falgun 2077

सर्बोच्च अदालतले गरेको प्रतिनिधि सभाको पुर्नस्थापनाको निर्णय कसैको हार वा जितको निर्णय नभएको संबिधानविद डा.भिमार्जुन आचार्यले बताउनुभएको छ । सर्बोच्चले आफ्नो जवाफदेहिता पालना गर्दै कानुनको रक्षा गर्दा यो निर्णय आएको उहाँको भनाई छ । रेडियो कान्तिपुरसंग कुराकानी गर्दै आचार्यले सर्बोच्च अदालतको निर्णयले संबिधानको पबित्रता जोगीएको उल्लेख गर्नुभयो । राज्य बिधी र कानुनको शासनबाट सञ्चालन हुन्छ भन्ने सन्देश सर्बोच्चको निर्णयले दिएको बताउदै संबिधानविद आचार्यले दलहरुको आगामी भुमिकाले राजनितिक कोर्स निर्धारण गर्ने स्पष्ट पार्नुभयो ।


प्रतिक्रिया