कांग्रेस आगामी चुनावबाट पहिलो दल बनेर आउँछ : डा प्रकाश शरण महत

फाल्गुन २८, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 12 March 2021 | 28 Falgun 2077

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले कांग्रेसको प्राथमिकता आगामी निर्वाचन रहेको बताउनुभएको छ । प्रतिनिधिसभा पुर्नस्थापना भएसंगै सत्ता समिकरणको खेल चलिरहेका बेला डा महतले कांग्रेस संसदीय फोहरी खेलमा नलाग्ने बताउनुभएको हो ।

यद्यपी कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था आए पछि नहट्ने उहाँको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान डा महतले कंग्रेस अन्य दलको नेतृत्वमा भने सरकारमा नजाने स्पष्ट पार्नुभयो । पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोधका लागि मात्रै विरोध गरेको बताउनुभयो ।


प्रतिक्रिया