मुलुकमा औद्योगिक क्रान्ति गर्ने राजनीतिक नेतृत्व भएनन् : हरिभक्ता शर्मा

चैत्र ५, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 18 March 2021 | 05 Chaitra 2077

उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले मुलुकमा राजनीतिक क्रान्ती सकिएकाले अव आद्योगिक क्रान्ति गर्नुपर्ने बेला आएको बताउनुभएको छ । मुलुकमा लामो समय राजनीतिक क्रान्ति भईसकेकाले दलहरुले आर्थिक क्रान्तिमा ध्यान केन्द्रीत गर्नुपन शर्माको भनाई छ । कृषिको आधुनिकीकरणका लागि थुप्रै कानुनी र नीतिगत समस्या रहेको उहाँको भनाई छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै शर्माले कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमी ऐन बाधक रहेको बताउनुभयो । उहाँले मुलुकमा विकास र समृद्धि बास्तविक रुपमै ल्याउने हो कर्मचारी संगठन र दलहरुको भ्रातृसंस्था विघटन गर्नुपर्ने समेत बताउनुभयो । विकासमा राष्ट्रिय स्वार्थ भन्दा पनि दल र व्यक्तीगत स्वार्थ हावी हुँदा समस्या भएको शर्माले बताउनुभयो ।


प्रतिक्रिया