संघीय सांसदको केन्द्रिकृत मानसिकताका कारण काम गर्न अप्ठेरो परेको छ : पदम बडुवाल

चैत्र १३, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 26 March 2021 | 23 Chaitra 2077

बाजुराको बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालले संघीय सांसदको केन्द्रिकृत मानसिकताका कारण काम गर्न अप्ठेरो परेको गुनासो गर्नु भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्न मात्रै सांसद उद्दत हुँदा ४ वर्षमा ५ वटा प्रशासकीय अधिकृत बेहार्नु परेको उहाँले सुनाउनु भयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै नेपाली काँग्रेसबाट विजयी मेयर बडुवालले नमुना नगरपालिका बनाउनका लागि काम गर्ने कर्मचारी पनि नमुनम हुन पर्ने बताउनुभयो ।

काम गर्न अप्ठेरो परेको बारे संघीय मामिला मन्त्रालयलाई पटकपटक जानकारी गराउँदा पनि अन्य जनप्रतिनिधिको पनि कुरा सुन्नु पर्ने भन्दै कुनै सुनुवाइ नभएको बडुवालको गुनासो छ । संघीय संरचनाका बारेमा संघीय सरकारको सोचमै परिवर्तनको खाँचो पनि उहाँले औंल्याउनु भयो । कानून बनाउन खटिनु पर्ने सांसदहरु कुलो, कुलेसा र पुल निर्माणमा चासो दिंदै हिंडेकाले समस्या समाधान हुन नसकेको उहाँको गुनसो छ ।


प्रतिक्रिया