अविस्वासका प्रस्तावका लागि कंग्रेस र जसपाले साथ दिए एक मिनेटमै सर्मथन फिर्ता गर्छौं : नारायणकाजी श्रेष्ठ

चैत्र २६, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 08 April 2021 | 26 Chaitra 2077

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले कंग्रेस र जसपाका कारण सरकारलाई दिएको सर्मथन फिर्ता लिन नसकिएको बताउनुभएको छ । अहिलेकै अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिने हो भने त्यसले झन राजनीतिक अन्यौल सृजना हुने श्रेष्ठले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी ओली सवै खाले राजनीतिक उपलव्धी मास्न उद्यत रहेको आरोप लगाउनुभयो । कंग्रेस र जसपाले पनि नयाँ गठवन्धन बनाउन चासो नदिएकाले समस्या भएको बताउनुभयो । ती पार्टीसंग एक दुई दिनभित्र छलफल गरि निर्णयमा पुगिने उहाँको भनाई छ ।


प्रतिक्रिया