मुलुकको राजनीति पैसा र पावरले चलेको छ : विश्लेषक बराल

चैत्र २९, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 11 April 2021 | 29 Chaitra 2077

प्राध्यापक एवं राजनीतिक विश्लेषक लोकराज बरालले मुलुकको राजनीति पैसा र पावरको भरमा चलेको बताउनुभएको छ । राजनीतिक नेतृत्वले नैतिकता र इमान गुमाईसकेको भन्दै उहाँले सत्ता र पावरको भरमा देश चलाउने परिपाटी हावी भएको बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै विश्लेषक बरालले दलहरुमा राजनीतिक सिद्धान्त नै नभएको बताउनुभयो । मुलुकको राजनीतिमा व्यवस्था भन्दा पनि व्यक्ति खराव हुँदा समस्या भएको बरालले बताउनुभयो ।


प्रतिक्रिया