प्रतिगमनको खतरा बढ्यो, जनताले विवेक प्रयोग गर्नुपर्छ : चित्रबहादुर केसी

वैशाख १२, २०७८ | काठमाडौं

The Headliners | Journalist Prakash | 25 April 2021 | 12 Baisakh 2078

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुक प्रतिगमनको खतरातर्फ अघि बढेको बताउनुभएको छ । केन्द्रदेखी प्रदेश हुदै स्थानिय तहसम्मै प्रतिगमनको खतरा बढेको बताउदै अध्यक्ष केसीले जनता सचेत हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । रेडियो कान्तिपुरसंग कुराकानी गर्दै अध्यक्ष केसीले गलत मनसायका साथ नेकपा एमालेको केन्द्र र प्रदेश सरकार अघि बढेकाले समर्थन फिर्ताको निर्णय गरेको स्पष्ट पार्नुभयो । प्रतिगमनको खतराबाट मुलुकलाई निकास दिन जनताले नै विवेक प्रयोग गर्नुपर्ने अवस्था सृजना भएको केसीको भनाई थियो ।


प्रतिक्रिया