कोभिडका विभन्नि १२ प्रजातीका भाईरस विश्वमा फैलिएको छ, नेपालमा ३ प्रकारका छन् : डा प्रकाश घिमिरे

वैशाख १४, २०७८

The Headliners | Journalist Anil | 27 April 2021 | 14 Baisakh 2078

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं शुक्ष्म जीव विज्ञ डा प्रकाश घिमिरेले कोभिड १९ का विभिन्न १२ प्रजातीका भाईरस विश्वमा फैलिएको बताउनुभएको छ । नेपालमा अहिले ३ प्रजातीका भाईरस सक्रीय रहेको उहाँले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले कोभिडका विभिन्न प्रजाति संक्रीय नै रहेकाले उच्च सर्तकता अपनाउनुपर्ने बेला आएको बताउनुभयो ।

कोभिड १९ विरुद्धको खोप लगाएपनि पुर्ण सुरक्षित भने हुन नसकिने डा घिमिरेले बताउनुभयो । कोभिड विरुद्धको खोप अहिले सम्म ७० प्रतिशतमा मात्रै पुर्ण सफल रहेको बताउनुभयो । पूर्वसावधानी अपनाउन नसक्दा मुलुकमा स्वास्थ्य प्रणाली उच्च जोखिमा पुगेको बताउनुभयो ।


प्रतिक्रिया