इन्धनको मूल्यवृद्धिमा निगम एक्लै दोषी छैन : सुरेन्द्र कुमार पौडेल

श्रावण १, २०७८

The Headliners | Journalist Indralaxmi | 16 July 2021 | 01 Shrawan 2077

नेपाल आयल निगमले इन्धनको मूल्यवृद्धिमा निगमको एक्लै दोषी नरहेको बताएको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम दि हेडलाइनर्समा कुरा गर्दै आयल निगमका प्रमुख सुरेन्द्र कुमार पौडेलले पछिल्लो एक वर्षमा झण्डै २६ रुपैयाँको हाराहारीमा मूल्य वृद्धि भएको र अन्तर्राष्ट्रिय बजारमा भइरहेको परिवर्तन त्यसको मुख्य कारण भएको बताउनुभएको छ । निगमले घाटा व्यहोरेरै इन्धन खरीद गर्नुपर्ने बाध्यता रहेको उहाँ भनाई थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढेर खरिद दरसमेत बढ्दा सोही दरमा मूल्य समायोजन नगरी घाटा व्यहोर्नुपरेको पौडेलको दाबी छ । आर्थिक वर्ष ०७७र७८ मा करिब ४ अर्ब रुपैयाँ नोक्सानीमा जाने प्रारम्भिक प्रक्षेपण रहेको पौडेलले बताउनुभयो । तत्काल अन्तर्राष्ट्रिय बजारमा ठूलै परिवर्तन हुने सम्भावना न्यून रहेकोले पनि नेपालमा पनि तत्कालै इन्धनको मूल्यमा भारी गिरावट आउने सम्भावना नरहेको पौडेलले बताउनुभयो ।


प्रतिक्रिया