महाधिवेशनको मिति केही धकेलिन सक्छ : केन्द्रीय सदस्य पाण्डे

श्रावण ११, २०७८

The Headliners | Journalist Pratishya | 26 July 2021 | 11 Shrawan 2078

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले पार्टीको १४ औं महाधिवेशनको तालिका केही धकेलिन सक्ने बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा आज विहान कुरा गर्दै नेता पाण्डेले क्रियाशिल सदस्यता वितरण तथा नविकरण नटुंगिएकाले महाधिवेशनको मिति भदौं मसान्तसम्म धकेल्न सकिने बताउनुभयो । शीर्ष तहले समेत यसबारे मनन गरेपनि सार्वजनिक रुपमा अभिव्यक्त नगरेको भन्दै उहाँले व्यवहारिक भएर महाधिवेशन मिति तय गरिनुपर्ने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया