केन्द्रीय कमिटी बैठकै प्रतिनिधिसभा विघटन गलत थियो भनेका छौं : एमाले नेता पन्त

आश्विन १०, २०७८ | काठमाडौं

The Headliners | Journalist Anil | 26 September 2021 | 10 Ashoj 2078

एमाले नेता रघु जी पन्तले केन्द्रीय कमिटीको जारी बैठकमा प्रतिनिधिसभा विघटन गलत र पार्टी एकिकरण अपरिपक्व निर्णय भएको भनेर आफुहरुले लिखित भनाई राखेको बताउनुभएको छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले प्रतिनिधिसभा विघटन किन गरियो भनेर गम्भिर समिक्षा गर्नेबेला भएको पन्तको भनाई छ । पार्टीमा १० वुँदे सहमति पनि कार्यन्वयन नभएकाले यसले थप समस्या निम्तने पन्तले बताउनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० वुँदे सहमति पुर्ण कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएकाले आफुहरु आशावादी रहेको पन्तको भनाई छ ।


प्रतिक्रिया