नेपालमा अन्य क्यान्सरको तुलनामा स्तन क्यान्सर रोग अगाडि : डा कपेन्द्र शेखर अमात्य

कार्तिक ८, २०७८

नेपालमा अन्य क्यान्सर रोगको तुलनामा स्तन क्यान्सर अगाडि रहेको चिकित्सकले बताएका छन् । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै स्तन क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्र शेखर अमात्यले अन्य अंगको क्यान्सरको तुलनामा स्तन क्यान्सरका बिरामी बढी रहेको बताउनुभयो । ग्रामीण भेगका महिलामा स्तन क्यान्सरका विषयमा जनचेतनाको कमी हुँदा ढिलो गरी उपचारमा आउने उहाँको भनाई छ । जति चाँडो उपचारका लागि जान सक्यो त्यति नै यो रोगबाट छुटकारा पाउन सकिने उहाँले बताउनुभयो । नेपालमा ३० देखि ६० वर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर बढी देखिएको उहाँको भनाई छ । पछिल्लो समय नेपालकै अस्पतालका विधि, पद्धति र औष्ािधको प्रयोग गरी स्तन क्यान्सरको उपचार गर्न सकिने उहाँले दाबी गर्नुभयो ।


प्रतिक्रिया