“संघीय निर्वाचनमा भागबन्डा गठबन्धनका लागि चुनौती” - प्रदीप पौडेल

जेष्ठ २८, २०७९ | kathmandu

नेपाली कंग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा ५ दलीय गठबन्धनभित्र उम्मेदवार भागबन्डा मिलाउने बिषयमा चुनौती आउन सक्ने बताएका छन् । प्रतिनिधिसभाको १ सय ६५ सिट र प्रदेश सभाका लागि ३ सय ३० सिट हुने भएकाले गठबन्धन दलका नेताहरुलाई उम्मेदवार भागबन्डा मिलाउन सहज नहुने पौडेलको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै उनले गठबन्धन आसन्न चुनावसम्मै रहने पक्का भएकाले दलहरुले आफ्नो पोजिसन अनुसार सिट खोज्ने बताए । पौडेलले आफूहरुको मूल्याङकन र अनुगमनबाट स्थानीय तह निर्वाचनमा कंग्रेस सिट संख्या र लोकप्रिय मतका आधारमा पहिलो पार्टी बनेको समेत बताए ।


प्रतिक्रिया