मन्त्रिपरिषद हेरफेर हुन नसक्नु प्रधानमन्त्री देउवाको कमजोरी : एकीकृत समाजवादीका महासचिव भुषाल

असार ६, २०७९ | kathmandu

एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुषालले प्रधानमन्त्री शेर बहादुर देउवाका कारण मन्त्रिपरिषद हेरफेर हुन नसकेकोबताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै महासचिव भुषालले प्रधानमन्त्रीले भनेपछि नै आफ्नो पार्टीले नयाँ जाने मन्त्रीको नाम सिफारिस गरेको बताउनुभयो । उहाँले अमेरिकी स्टेट प्रोग्राम पार्टनरसिपका विषयमा आफ्नो पार्टी स्पष्ट रहेको उल्लेख गर्नुभयो । एसपीपीका विषयमा अहिलेसम्म केही काम भएपनि अब स्थगन गर्नुपर्ने उहाँको भनाई थियो । स्थगनका लागि प्रधानमन्त्री देउवा लगायत गठबन्धनभित्रका नेताहरु पनि सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो । तत्काल वाम एकता सम्भव नरहेको उहाँको भनाई थियो ।


प्रतिक्रिया