“प्रधानन्यायाधीशविरुद्धको महाभियोग अघि नबढाउनु अनुचित” - बलराम केसी

असार ७, २०७९ | kathmandu

निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग अघि नबढाउनु अनुचित भएको पूर्व न्यायाधीश बलराम केसीले बताएका छन् । फागुन १ गते संसदमा दर्ता भएको महाभियोग प्रस्ताव महिनौंसम्म अलपत्र परिरहेको सन्दर्भमा पूर्व न्यायाधीश केसीले महाभियोग प्रस्तावलाई तार्किक निष्कर्षमा पुर्‍याउन ढिलो भइसकेको बताए । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज विहान कुरा गर्दै उनले महाभियोग प्रस्ताव अघि बढाउने बिषयमा दलहरुले लापरवाही गरेकाले जिम्मेवार भएर बिषय टुङगो लगाउन आग्रह समेत गरे ।


प्रतिक्रिया