बहुमतसहित एमाले सरकारमा फर्किन्छ : नेता शेर बहादुर तामाङ

श्रावण २१, २०७९ | kathmandu

एमाले नेता शेर बहादुर तामाङले आगामी निर्वाचनबाट एमाले बहुमतसहित सरकारमा फर्किने बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै नेता तामाङले जनमत निरन्तर आफ्नो पार्टीको पक्षमा रहेकाले बहुमतका साथ सरकारमा फर्किने बताउनु भएको हो । उहाँले सिद्धान्त नै नमिलेका दलहरुबीच भएको एकता धेरै समय टिकिराख्न असम्भव रहेको बताउनुभयो । आगामी चुनावका लागि प्रगतिशिल पार्टीले एमालेकै चुनाव चिन्हमा लड्न पाउनेबाटो खुला गरेको उहाँको भनाई थियो । सत्ता गठबन्धन इतर पक्षको गठबन्धन बन्ने विषयमा उहाँले संकेत गर्नुभयो ।


प्रतिक्रिया