अर्थतन्त्रले लय समाउन थालेको छ, आत्तिनु पर्दैन : डेपुटी गर्भनर मिश्र

श्रावण २२, २०७९ | kathmandu

डेपुटी गभर्नर बम बहादुर मिश्रले मुलुकको अर्थतन्त्रले लय समात्न थालेको बताउनुभएको छ । गत आर्थिक वर्षमा समग्र अर्थतन्त्रसंगै वित्तिय क्षेत्रमा केही चाप परेपनि चालु आर्थिक बर्षबाट अर्थतन्त्रले लय समाउन थालेको डेपुटी गर्भनर मिश्रले दावी गर्नुभयो । पर्यटनमा सुधार एवं रेमिट्यान्समा वृद्धि हुन थालेकाले यो वर्ष तरलता समस्या नहुने उहाँको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले अर्थतन्त्रलाई लयमा फर्काउन संकुचनकारी मौद्रिक नीति ल्याईएको दावी गर्नुभयो ।


प्रतिक्रिया