अब प्रधानन्यायाधिशविरुद्धको महाभियोग अघि बढ्दा वैधानिक हुँदैन - सुनिल पोखेरल

श्रावण २४, २०७९ | kathmandu

वरिष्ठ अधिवक्ता सुनिल पोखेरलले आगामी निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग अघि बढाउँदा त्यसले वैधानिकता नपाउने बताएका छन् । निर्वाचनको मिति घोषणापछि संसदको कार्यकालकै बिषयमा विवाद भएका बेलामा महाभियोग प्रस्ताव अघि बढाउँदा तीन महिनाभित्र टुङ्गो लाग्ने नसक्ने भएकाले यसको वैधानिकमाथि प्रश्न उठ्ने पोखरेलको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज विहान बोल्दै उनले समय छदै महाभियोग प्रस्ताव अघि बढाएको भए प्रतिपक्षी एमाले पनि प्रस्तावको पक्षमा उभिने अवस्था बन्न सक्ने बताए ।


प्रतिक्रिया