डेंगु परीक्षण शुल्कमा छिट्टै एकरुपता हुन्छ :मन्त्री खापुङ

आश्विन १, २०७९ | kathmandu

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले डेंगु परीक्षण शुल्कमा छिट्टै एकरुपता हुने बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै मन्त्री खापुङले अस्पतालहरुले लिइरहेको शुल्कमा एक दुई दिन भित्रै एकरुपता कायम गर्ने बताउनुभयो । उहाँले सरकारले आफ्नो पक्षबाट नियन्त्रणको योजना र कार्यक्रम अघि सारे पनि डेंगु नियन्त्रण हुन नसकेको उहाँको भनाई थियो । डेंगुको जोखिम बढेकाले सर्वसाधारणलाई सर्तकता अपनाउन उहाँले आग्रह गर्नुभयो ।


प्रतिक्रिया