राष्ट्रपति र एमाले नेतृत्व संविधान मास्ने खेलमा लागेका छन् : रामचन्द्र पौडेल

आश्विन ६, २०७९ | काठमाडौं

नेपाली कंग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले नेतृत्व संविधान मास्ने खेलमा लागेको बताउनुभएको छ । दुई पटक सम्म प्रतिनिधिसभा विघटन र पछिल्लो पटक नागरिकता विधेयक अस्विकृत हुँदा यसले संघीय लोकतान्त्रिक व्यवस्थालाई नै धरापमा पारेको पौडेलले बताउनुभयो ।

रेडियो कान्तिपुरसंग विहान कुरा गर्दै बरिष्ठ नेता पौडेलले राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने बताउनुभयो । राष्ट्रपतिले संविधान मिचेको विषयलाई गठवन्धन दलले साझा चुनावी मुद्धा बनाउने पौडेलको भनाई छ ।


प्रतिक्रिया