केही दिनमै सीट बाँडफाँट टुंगिन्छ : कृषि मन्त्री यादव

आश्विन ८, २०७९ | kathmandu

कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्र कुमार सिंह यादवले अब केही दिनमै सीट बाँडफाँटको विषय टुंगिने बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै जसपा नेता समेत रहेका मन्त्री यादवले एक दुई दिनभित्रै सीट बाँडफाँटको विषय टुंगिने बताउनुभयो । मधेश प्रदेशमा सीट बाँडफाँटको विषयमा कांग्रेस र जसपाबीच सहमति हुन बाँकी रहेको उहाँको भनाई थियो । जनाधारका आधारमा जसपाले मधेशलाई आफ्नो पकेट क्षेत्र ठान्दै बढी सीट माग गरेको पनि उहाँले बताउनुभयो । तथापि माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि मधेश प्रदेशमा आफ्नो दाबी राखेको उहाँको भनाई थियो ।


प्रतिक्रिया