माओवादी केन्द्रबाट विद्रोह हुने क्रम बढ्दैछ : हेमराज भण्डारी

आश्विन ११, २०७९ | kathmandu

सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटका लागि सहमतिको प्रयास भइरहेका बेला आफूहरुको माग अनुसार सिट नदिएको भन्दै माओवादी केन्द्रबाट सामूहिक राजिनामा दिएकामध्ये एक नेता हेमराज भण्डारीले नेतृत्वको गल्तीका कारण माओवादी केन्द्रबाट विद्रोह गर्ने नेताको संख्या बढ्दै जाने बताएका छन् । जनचाहना अनुसार पार्टी नेतृत्व अघि नबढेकाले आफूहरुले बाध्य भएर राजिनामा दिएको भण्डारीको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज विहान कुरा गर्दै उनले पार्टीभित्रको छलफलबाट स्वतन्त्र उम्मेदवार बन्दै चुनावी प्रतिस्पर्धा गर्ने निष्कर्षसहित पार्टी परित्याग गरेको बताए ।


प्रतिक्रिया