सवारी दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकाय जिम्मेवार भएनन : पुर्वाधार विज्ञ गजुरेल

आश्विन १२, २०७९ | kathmandu

पूूर्वाधार विज्ञ आशिष गजुरेलले सवारी दुर्घटना न्यूनकरण गर्न सरकार लगायत सरोकारवाला निकाय जिम्मेवार नभएको बताउनुभएको छ । सवारी दुर्घटनाको कारण मात्रै वार्षिक २५ सय जना सम्मले अकालमा ज्यान गुमाउने गरेको भएपनि न्यूनीकरणमा सरोकारवाला निकायको ध्यान पुग्न नसकेको बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले दुर्घटना बढी हुनुको प्रमुख कारण सडक पुर्वाधार नै भएको बताउनुभयो ।


प्रतिक्रिया