निर्वाचनको बेला मात्र दलहरुलाई खबरदारी गर्ने बानीले नेतृत्वलाई सच्याउन सकिन्न : डा. उद्धव प्याकुरेल, विश्लेषक

आश्विन १४, २०७९

विश्लेषक डा. उद्धव प्याकुरेलले चुनावको मुखमा मात्रै खबरदारी र दबाब दिंदा राजनीतिक दलको नेतृत्व नसच्चिने बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले समानुपातिक र समावेशी प्रतिनिधित्वसँगै अन्य राजनीतिक मुद्दामा पनि निरन्तर खबरदारी र दबाब आवश्यक रहेको बताउनुभयो । राजनीतिमा परम्परागत शक्तिहरुलाई वैकल्पिक शक्ति भन्नेहरुले चुनौती पस्किन सक्ने भए पनि त्यो मुद्दा विशेष र आन्दोलनबाट आउनु पर्ने उहाँको भनाइ थियो । अन्यथा एउटा व्यक्तिको विकल्प अर्को बन्छु भन्ने दाबी मात्रै हुने डा. प्याकुरेलले उल्लेख गर्नुभयो । समानुपातिकको बन्द सुचीमा व्यक्ति नदोहोरिए पनि प्रवृत्ति दोहरिने खतरा उत्तिनै रहेको पनि उहाँले जनाउनुभयो ।


प्रतिक्रिया