कांग्रेसका मतदाताले अन्य दललाई मत दिएनन् : महासचिव भुषाल

मंसिर १०, २०७९ | kathmandu

एकीकृत समाजावादीका महासचिव बेदुराम भुषालले मत ट्रान्सफर हुँदा अपेक्षाकृत नतिजा हासिल नभएको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै महासचिव भुषालले गठबन्धन भित्रकै मत ट्रान्सफर हुँदा अपेक्षाकृत नतिजा हासिल हुन नसकेको बताउनुभयो । सत्तागठबन्धनभित्रका अन्य दलका मतदाताले कांग्रेसलाई विश्वास गरीरहँदा कांग्रेसका मतदाताले भने मत नदिएको उहाँको भनाई थियो । संविधानबाट स्थापित संघीय गणतन्त्रात्मक प्रणालीलाई रक्षा गर्ने पार्टीको मर्ममा अडिएर अगाडी बढ्ने पनि उहाँले बताउनुभयो । यस पटकको चुनावमा मतदाता स्वतन्त्रको नाममा झुक्किएको उहाँको भनाई थियो । नयाँ आएका दलप्रति लक्षित गर्दै उहाँले सिद्धान्तविहिन तरीकाले मूलुक नचल्ने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया